AArya
RUMPUM
animated ellipse animated ellipse

घूस बाँडफाँट नमिल्दा कुटाकुट !

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७४, शनिबार ०८:०८
3
Shares
कैलाली,१९ फागुन / हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भउको छ ।

कुटाकुटमा १ जना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेको छ ।

बिहीबार कार्यालय समयमै कर्मचारीबीच घूस रकम बाँडफाँटका विषयमा कुटपिट भएपछि प्रहरीले ६ कर्मचारीलाई पक्राउ गरेको थियो । ‘मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो’, कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले , ‘पक्राउ परेका सबै कर्मचारीले मदिरा सेवा गरेका थिए ।’

प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रै बियर र रक्सीको बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

समाचार अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँबर र ज्ञानेन्द्र ओझा छन् । यीमध्ये नापी र मालपोतका कर्मचारी को–को हुन् भन्ने खुलेको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर