AArya
RUMPUM
animated ellipse animated ellipse

दैनिक ३५ करोड राजस्व लुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७४, शनिबार ०७:३४
3
Shares
काठमाडौं,१९ फागुन/ भन्सार कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीहरुको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ ।

चार दिनअघि अर्थमन्त्री बन्नु भएका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन(शुक्रबार) मुलुकभर भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो ।

मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरुलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब बीस करोड भन्दा बढी असुली भएको छ । यो समाचा नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर