AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा होलीको रौनक (फोटोफिचर)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७४, शुक्रबार १९:४७
3
Shares
विराटनगर,१८ फागुन / तराई मधेशमा आज फागु पर्व मनाइएको छ । बिहिवार पहाडी क्षेत्रमा मनाइएको फागुपर्व शुुक्रवार तराई क्षेत्र धुमधामकासाथ मनाइएको हो ।

होली पर्वको अवसर पारेर विराटनगरका विभिन्न ठाउँमा होली मिलन कार्यक्रमहरु आयोजना गरिएको थियो । शुक्रवार विहान विराटनगर महानगर पालिका, पत्रकार महासंघ मोरङलगायत विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रमको आयोजना गरेका थिए ।

शुक्रवार सर्वसाधारणहरु विराटनगरका सार्वजनिक स्थलमा भेला भई बिहानैदेखि अबिर तथा रङ दलेर होलीको खुशी साटासाट गरिरहेका छन् ।

होली पर्वको अवसरमा ट्राफिक नियम उल्घन गर्ने ४ सय ३२ वटा सवारीलाई जिल्ला ट्राफिक कार्यालय मोरङले कारवाही गरेको छ ।

ट्राफिक प्रहरीकोे चेकिङ टोलीले मापेस गरी सवारी चलाउने, तीनजना सवार गरी मोटरसाइकल र हेल्मेट नलाई गरी ४ सय ३२ वटा सवारी साधनलाई कारबाही गरेको हो । शुक्रवार मात्र ट्राफिक प्रहरीले २ लाख १६ हजार राजस्व संकलन गरेको छ । प्रहरीले ट्राफिक नियम उल्लङ्घन गरी नियन्त्रणमा लिइएका मोटरसाइकल चालकबाट ५ सयका दरले जरिवाना उठाएको थियो ।

होलीका क्रममा उत्सृङखल गतिविधि गर्ने १ सय ८ जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तस्वीर- पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर