AArya
RUMPUM
animated ellipse animated ellipse

सन्दिप लामिछानेको अर्को छलाङ क्यारेबियन प्रिमियर लिगमा छनौट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७४, शुक्रबार ०६:२५
3
Shares
फाइल तस्वीर
विराटनगर, १८ फागुन / भर्खरै इन्डियन प्रिमियर लिग आईपीएलको दिल्ली डेयर डेभिल्समा आबद्ध भएका नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग ( सीपीएल टि-२० ) मा छानिएका छन्।

इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो। सन्दिपलाई ड्राफ्टको १३ औं राउण्डमा खरिद गरेपछि आईपीएल पछि क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी भएका छन्। आईपीएलमा दिल्ली डेयर डेभिल्सले सन्दिपलाई २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

सन्दिपको टिम सेन्ट किट्स प्याट्रिएट्समा क्रिस गेलले कप्तानी गर्ने छन् । गेललाई सो टिमले सर्वाधिक मुल्य १ लाख ६० हजार डलरमा खरिद गरेको हो। सन्दिपको टिममा गेललगायत एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग जस्ता विश्वस्तरिय खेलाडीहरु रहेकाबात छन्।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत यस अघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका सन्दिप क्यारेबियन प्रिमियर लिगमा छनौट हुने सम्भावना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर