AArya
RUMPUM
animated ellipse animated ellipse

ज्याकी श्राफ पुत्र टाइगरकी गर्लफ्रेन्डको हट फोटोसुट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७४, बिहीबार १९:५३
3
Shares
ज्याकी श्राफ पुत्र टाइगर दिशा पटानीसँग अफेयरमा रहेका छन् । दिशा र टाइगर एकसाथ फिल्ममा देखिदैछन् । उनीहरुको फिल्म ‘बागी–२’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

टाइगर–दिशाको लभ–लाइफ उत्कर्षमा पुगेको छ । कहिले उनीहरु समुन्द्री किनारमा मस्ती गरिरहेका देखिन्छन् भने, कहिले लुकी–लुकी चुरोट तानिरहेका । केहि समयअघि एयरपोर्टमा टाइगर वेपर्वाहसाथ दिशाको काखमा बसिदिए ।

के पनि भनिन्छ भने, दिशाले टाइगरलाई आफ्नो नियन्त्रणमा राखेकी छिन् । उनी हरबखत टाइगरको निगरानी गरिरहेकी हुन्छिन् । कतिसम्म भने, आफ्ना केटी सहकर्मीसँग पनि धेरै हिमचिम हुने छुट छैन टाइगरलाई । टाइगरको मोवाइल बारम्बार चेक गरिरहन्छिन्, दिशा ।
टाइगरकी आमाले दिशालाई उति रुचाएकी छैनन् । हुनपनि यति ग्ल्यामर युवतीलाई कसरी बुहारी बनाएर भित्राउने भन्ने कुराले उनलाई तनाव हुने गरेको छ । उनी पहिरनको सवालमा निकै उदार छिन् । सोशल मिडियामा उनी विकिनी फोटो शेयर गरिरहेकी हुन्छिन् । उनी कहिले काहिँ विवादमा फस्ने गरेकी छिन् । कहिले उनको उमेर त कहिले ब्वाईफ्रेन्डलाई लिएर विवाद हुने गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर