पूर्वाञ्चल खबर
विगत ५ वर्ष देखि रक्तदान कार्यक्रम नभएको यस क्षेत्रमा सहारा नेपालले यस पटक सञ्चालन गरेको रक्तदानमा ५ महिला र २९ पूरुष गरी ३४ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सहारा नेपाल साकोसका सञ्चालक सदस्य भीमबहादुर गिरीले बाहुनी क्षेत्रमा रक्तदान जस्तो मानवीय सेवाको कार्यक्रमलाई अझ जनतामाझमा चेतना जगाई हरेक वर्ष गरिने जानकारी गराए । साथै यस क्षेत्रमा स्वास्थ्य सेवामा गरीव तथा विपन्न वर्गको पहुच पुर्याउन चाडै नै यस संस्थाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने जानकारी गराए ।