पूर्वाञ्चल खबर
स्वतन्त्र बिध्याथी यूनियन पथरी बहुमुखी क्याम्पसको स्थापना दिवसको अवसरमा फागुन २२ गते १५ किलोमीटर दौड प्रतियोगिता हुने भएको हो । आज पथरीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । खुल्ला दौड प्रतियोगिताका विजयी हुनेले नगद १५ हजार, दोस्रो हुनेले १० हजार, तस्रो हुने ५ हजार र सान्तवनाले २५ सय पुरस्कार प्रप्त गर्ने छन ।
पथरी बहुमुखी क्याम्पसबाट सुरु भएर बुद्घ चौक, शिखर चौक, महेन्द्र राजमार्ग,पश्चिम बस स्टेन, यलमबर चौक हुँदै पथरीबहुमुखी सम्म ५ फन्का लगाई दौड पूरा हुने छ । १ लाख १० हजार अनुमानित खर्च बिवरण रहेको खुल्ला दौड प्रतियोगीतामा क्याम्पस पशासन र स्थानिय स्तरबाट सहयोग जुटेको क्याम्पस प्रमुख चेतन पौडेलले जानकारी दिए ।