AArya
RUMPUM
animated ellipse animated ellipse

अभ्यास खेलमा युएई नेपालसँग ५ विकेट पराजित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ फाल्गुन २०७४, मंगलवार २१:१६
3
Shares
फाइल तस्वीर
विराटनगर, १५ फागुन / आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले आज भएको अभ्यास खेलमा युएईलाई ५ विकेटले पराजित पराजित गरेको छ । यो जितसँगै नेपालले नामिबियामा भएको डिभिजन २ को अन्तिम खेलमा युएईसँग भोगेको पराजयको बदला लिएको छ। उक्त खेलमा नेपाल ७ रनले पराजित भएको थियो।

युएईले दिएको १ सय ७२ रनको लक्ष्य नेपालले २८ दहमलव २ बलमा ५ विकेट गुमाउँदै पार गरेको छ । नेपालको जितमा शरद भेषावकरले भेषावकरले नटआउट ५४ बल १ छक्का प्रहार गदै ४१ तथा दिपेन्द्रसिंह ऐरीले ३२ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै ४१ रन, कप्तान पारस खडकाले २८ रन ,आरिफ शेखले १ छक्का र २ चौका प्रहार गर्दै नटआउट २३ रन जोडे । खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ रन तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अनिलकुमार साह ११ रनमा आउट भएका थिए । युएईका अमिर हायतले २ विकेट लिंदा मोहमद नावेद, अहमद राजा र रोहन मुस्तफाले १/१ विकेट लिए ।

यस अघि जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा छोट्याएकोे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८ ओभर ५ बलमा सवै विकेट गुमाई १ सय ७१ रनमा सिमित भएको छ । जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएपछि खेल ३ घण्टा ढिलो शुरु भएको थियो । युएईका लागि अस्फाक अहमेदले सर्वाधक ४२ रन बनाउँदा अदान मुफ्तीले ३७ रन , गुलाम सबरले ३२ रन, मुहम्मद उस्मानले २६ रन र सहिमन अनवरले १६ रन बनाए ।

नेपालका लागि ललित सिंह भण्डारीले ४ विकेट लिएका थिए । उनले ६ ओभरमा ४० रन खर्चेका थिए । ललित राजवंशी र करन केसीले २–२ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।
जिम्बाबेमा रहँदा नेपाली टोलीले खेल्ने यो पहिलो अभ्यास खेल हो । नेपालले दोस्रो अभ्यास खेल मार्च १ मा हङकङसँग खेल्नेछ । इंग्ल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप २०१९ को लागि जिम्बाबेमा मार्च ४ देखि छनोट प्रतियोगिता सुरु हुँदैछ ।

नेपालसहित १० मुलुक सहभागी हुने प्रतियोगितामा उत्कृष्ट हुने दुई टिम विश्वकपमा छानिनेछ भने प्रतियोगिताबाट उत्कृष्ट–३ एसोसिएट राष्ट्रले एकदिवसीयको मान्यता पाउनेछ । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘बी’मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोली जिम्बाबेविरुद्ध खेल्दैछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हङकङको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर