खबर पूर्वाञ्चल
मैदान ओसीलो भएपछी २९ ओभरमा खेल छोट्याइएकोे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएई २८ ओभर ५ बलमा सवै विकेट गुमाई १ सय ७१ रनमा सिमित भएको छ । जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएपछि खेल ३ घण्टा ढिलो शुरु भएको थियो । युएईका लागि अस्फाक अहमेदले सर्वाधक ४२ रन बनाउँदा अदान मुफ्तीले ३७ रन , गुलाम सबरले ३२ रन, मुहम्मद उस्मानले २६ रन र सहिमन अनवरले १६ रन बनाए ।
नेपालका लागि ललित सिंह भण्डारीले ४ विकेट लिएका थिए । उनले ६ ओभरमा ४० रन खर्चेका थिए । ललित राजवंशी र करन केसीले २–२ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।
जिम्बाबेमा रहँदा नेपाली टोलीले खेल्ने यो पहिलो अभ्यास खेल हो । नेपालले दोस्रो अभ्यास खेल मार्च १ मा हङकङसँग खेल्नेछ । इंग्ल्याण्डमा आयोजना हुने आईसीसी विश्वकप २०१९ को लागि जिम्बाबेमा मार्च ४ देखि छनोट प्रतियोगिता सुरु हुँदैछ ।
नेपालसहित १० मुलुक सहभागी हुने प्रतियोगितामा उत्कृष्ट हुने दुई टिम विश्वकपमा छानिनेछ भने प्रतियोगिताबाट उत्कृष्ट–३ एसोसिएट राष्ट्रले एकदिवसीयको मान्यता पाउनेछ । प्रतियोगिताअन्तर्गत नेपाल समूह ‘बी’मा अफगानिस्तान, जिम्बाबे, हङकङ र स्कटल्याण्डसँगै रहेको छ । नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोली जिम्बाबेविरुद्ध खेल्दैछ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ । लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ तारिखमा हङकङको सामना गर्नेछ ।