AArya
RUMPUM
animated ellipse animated ellipse

गायक सुमित खड्काको होली गीतको एल्वम विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७४, मंगलवार १६:४६
3
Shares
होली गीतको एल्वम विमोचन गर्दै गायक खडकालगायत । तस्वीर-पुष्पराज थपलिया
विराटनगर, १५ फागुन /वर्षे पिच्छे होली गीत गाउन माहिर गायक सुमित खड्काको एकल स्वर रहेको होली गीतको ‘होली आयो रे’ एल्वम बजारमा ल्याएका छन् ।

गायक खड्काले विराटनगरमा आज एक कार्यक्रमको विच होली गीतको एल्वम विमोचन गरी बजारमा ल्याएका हुन् ।

उक्त गीति एल्वमको विमोचन मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, उद्योगी दिनबन्धु गोयल, महेश जाजु, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र गायक खड्कालगायले संयुक्त रुपमा विमोचन गरे ।

प्रत्येक वर्ष होलीको अवसर पारेर गीति एल्वम बजारमा ल्याउँदै आएका गायक खड्काले यस अघि थुप्रै होलीको गीत बजारमा ल्याएका छन् । ‘यस अघि बजारमा आएको होलीको एल्वमा नेपाली गीतमात्र सामावेश गरिएको थियो,’ गायक खड्काले भने, ‘यस पटकको होलीको एल्वममा मैथीलि गीत पनि समावेश छ ।’ ‘नेपाली र मैथिली भाषामा समावेश गरेको गीत स्रोता दर्शकहरुले रुचाउनुहुनेमा अपेक्षा राखेको छु,’ उनले भने ।’ विमोचन भएको ‘होली आयो रे’ एल्वममा सात वटा गीत समावेश गरिएको छ । यस एल्वममा ‘होली मे छम छम…., ‘आयो फेरी फागु…, ‘भएको छौं रंगी विरंगी…., ‘सप्तरंगी रंगले…., ‘होली सररर…, ‘ जीवन खुल्छ… बोलको गीतहरु समावेश गरिएको गायक खड्काले जानकारी दिए ।

विमोचन पछि आयोजित कार्यक्रममा गायक खड्काले आफ्नो नयाँ एल्वमको गीतहरु प्रस्तुत गरी मनोरञ्जन प्रदान गरे । उनले गाएको होली गीतमा अतिथि तथा सहभागिहरुले नाचेर गायक खड्कालाई साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर