AArya
RUMPUM
animated ellipse animated ellipse

काम गर्न अफ्ठेरो परेको छः मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७४, मंगलवार ०६:५८
3
Shares
फाइल तस्वीर
विराटनगर, १५ फागुन / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पूर्वाधार, कानुन र कर्मचारी अभाबले सरकारको काम अगाडि बढाउन अफ्ठेरो परेको बताएका छन् ।

सोमबार प्रदेशसभाको बैठकलाई विषेश समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारको काम अगाडि बढाउन समस्या भएपनि सरकार चुप नलागेको बताए ।

अभाब र समस्याबीच सरकारले आफ्नो काम अगाडि बढाएको बताउँदै मुख्यमन्त्री राईले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘प्रदेश सरकार सञ्चालन गर्ने कुनैपनि कानुन अहिले छैन, हामीले आफ्नो बाटो आफै खोजेर हिड्नुपर्ने अवस्था छ’ उनले भने, ‘कानुन निर्माणलाई प्राथमिकता दिँदै सय दिने कामको सुची तयार गरिरहेका छौं ।’

भ्रष्टाचार, दण्डहीनता र अपराधजन्य गतिबिधि नियन्त्रण गर्न शून्य सहनशीलताको कठोर नीति प्रदेश सरकारले लिएको बताउँदै मुख्यमन्त्री राईले प्रदेशको समृद्धिको एकमात्र लक्ष्य रहेको बताए । ‘सुरुमै हामीले भनेका छौं प्रदेश १ लाई भ्रष्टचार युक्त प्रदेश बनाउन लागि पर्नेछौं,’ उनले भने, ‘प्रदेश सरकारले भ्रष्टाचार, दण्डहीनता र अपराधजस्तो जघन्य कार्यमा कुनै सम्झौता गर्नेछैन ।’

बैठकममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले कर्मचारीको कार्यसम्पादनमा परिवर्तन गर्नको लागि शुद्धिकरणको खाँचो औल्याउँदै जनताको भावना र आकंक्षालाई पुरा गर्न यो आवश्यक रहेको बताए । जनताको सेवाभावमा हेलचेक्र्याई गर्ने र अल्छीपना देखाउने छुट कर्मचारीलाई नभएको उनले बताए ।

प्रदेशमा सञ्चालन भइरहेका ठूला आयोजना अनुगमन तथा गुणस्तर कायम गर्न सरकार सचेत रहेको बताउँदै मुख्यमन्त्री राईले जोगवनी–किमाथांका सडक र विराटनगर–धरान ६ लेन सडक निर्माण छिटो सक्न ध्यान दिने बताए । राष्ट्रिय गौरवका आयोजनाको अवस्था कस्तो छ र के प्रगति भइरहेको छ भत्रे विषयमा सरकार चनाखो रहेको उहाँको भनाइ थियो ।

संविधानले प्रदेशसभाको २० प्रतिशत मन्त्री बनाउने अधिकार दिएको भएपनि प्रदेशमा सानो आकारको मन्त्रीमण्डल हुने जानकारी मुख्यमन्त्री राईले दिए। आफुसहित ५ सदस्यीय मन्त्रीमण्डल बनाएका राईले त्यसमा केही थप भएपनि २० प्रतिशत नपु¥याउने बताएको हो ।

प्रदेश सभा र सरकारको काँधमा धेरै ठूलो जिम्मेवारी रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेशको नामांकन र राजधानी तोक्नेदेखि समृद्ध प्रदेश निर्माण गर्न सबै प्रदेशसभा सदस्यहरुको एकताबद्ध प्रयासको खाँचो रहेको बताए । प्रदेश सरकारले सबै सांसदहरुको सुझाब र सल्लाहको आधारमा काम गर्ने उनको भनाइ थियो । जनविद्रोह दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर