AArya
RUMPUM
animated ellipse animated ellipse

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ फाल्गुन २०७४, सोमबार १९:३६
3
Shares
कैलाली, १४ फागुन /टीकापुर घटनाका मुख्य अभियुक्त तथा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ ।
न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।

टीकापुर घटनापछि फरार रहेको चौधरीले आज विहान कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो । बहस नसकिएपछि चौधरीलाई थुनामा राख्ने पैसला भएको हो । फरार रहेकै अवस्थामा चौधरीले कैलाली १ बाट प्रतिनिधिसभा सदस्य भारी मतअन्तरले चुनाव जितेका थिए ।

अभियुक्त चौधरीको पक्षमा अधिवक्ताहरु गंगाराम उपाध्याय, गजेन्द्रबहादुर केसी र मिलनकुमार राईले वहश पैरवी गरेका थिए । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षााकर्मी र १ नाबालक मारिएका थिए। उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ । चौधरीको अर्को पेशी फागुन १६ गतेका लागि समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर