AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल सिङ्गीङ डान्सिङ सेन्सेसन सिजन ४ सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०७४, आईतवार १९:५८
3
Shares
विराटनगर, १३ फागुन / विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदनमा पूर्वाञ्चल सिङ्गीङ सेन्सेसन सिजन ४ सम्पन्न भएको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रम सम्पन्न भएको हो । स्कूलमा भएको सिंगीन स्टार २०७४ को उपाधि प्रकाश विकले जितेका छन् । प्रतियोगिताक
जुनियरतर्फ जेनिसा डंगोल प्रथम, करूणा साह द्वितीय र रूबि साह तृतीय भए। सिनियरपर्फ बेदिका श्रेष्ठ प्रथम, जेनिसा आले द्वितीय र आकृती पोखरेल तृतीय भए । डान्सिङ सेन्सेसनमा राज खड्का प्रथम, प्रियन्सु मिश्र द्वितीय र स्वस्तिका अधिकारी तृतीय भए । त्यस्तै नृत्यमा मनिष कटुवाल र अस्मिना आचार्य र गायन तर्फ ज्योति सुब्बा र विश्वदिप चक्रवती निर्नायक थिए । छनौट र सेमिफाइनल पार गरेर आएका नृत्य जुनियर तर्फ छ जना सिनियर तर्फ ५ जना र गायनतर्फ ६ जना बीच कडा प्रतिस्पर्धा भएको थियोे ।

विजेता विद्यार्थी हरूलाई प्रिन्सिपल अर्जुन श्रेष्ठ, अध्यक्ष भरत सापकोटा तथा निर्णायकहरूले पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर