AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अबको यात्रा विकासको मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७४, आईतवार १९:१२
3
Shares
कुमोद अधिकारी
विराटनगर, १३ फागुन /१ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश र स्थानियतहको संघिय संरचना अनुसार नयाँ ढंगबाट गरिबी निवारण कोषले आफनो कार्यलाई अघि वढाउनुु पर्ने बताएका छन् ।

गरिबी निवारण कोषद्धारा विराटनगरमा आज आयोजित प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले १ नम्वर प्रदेशमा विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेकाले गरिबी निवारण कोषपनि त्यही अनुुरुप परिचालन हुनुपर्ने बताए ।

नयाँ संविधानले नेपाली जनतालाई सर्व शक्तिमान वनाएकाले अव संघियतालाई कर्यान्वयन गरेर मुुलुकलाई समवृद्धि वनाउनका लागी योजनाहरु ल्याउनुपर्ने उनले भनाई छ ।

उनको अबको एकमात्र उदेश्य समृद्ध नेपाल भएकाले संघियताको मर्म बुझेर कोषले आफुलाई परिमार्जनगरी विकास निमार्णका काममलाई जनतासंग जोडनुपर्ने बताए ।

मुख्यमन्त्री राइले नेपालमा १४ वर्षदेखि संचालनमा आएको गरिबी निवारण कोषले गरिबीको रेखामुनी रहेका गरिब परिवारको जीवन स्तर उकास्न मद्त पुगेको भन्दै आफुले प्राप्त गरेको प्रतिफल तथा नतिजाको जगमा उभिएर कोषले नयाँ निति नयाँ सोचकासाथ अघि वढनु पर्नेमा जोड दिए ।

१ नम्वर प्रदेशमा लगानी र श्रोत प्रसश्त संभावना रहेकाले त्यसलाई सहि सदुपयोग गरेर १ नम्वर प्रदेशलाई समवृद्धि र सम्पन्न वनाउने बताए ।

गरिवी निवारण कोष व्यवसाय विकास र समृद्धिका लागी स्थानिय सरोकारवालाहरु सँगको प्रदेश स्तरिय एक दिने कार्यक्रममा १ नम्वर प्रदेशका ८० वटा स्थानियतहको प्रमुख उपप्रमुख तथा प्रतिनिधिहरुको सहभागित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर