पूर्वाञ्चल खबर
अवैध लागूऔषध मुद्दामा पूर्पपक्षको लागि मोरङ कारागारमा फागुन ३ गते आएको कारागारका जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिए । ‘कारागार आउँदै बिरामी थिए,’ उनले भने, ‘विरामी परी थप उपचार गराउँदा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।’
मानव अधिकारकर्मीको निरीक्षण
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले आज दिउँसो कैदीबन्दीको अवस्था बुझन अनुगमन तथा निरीक्षण गरेका हुन् ।
मानव अधिकार आयोगका अधिकृत सन्ध्या पुडासैनी र चिरञ्जीवि कोइरालासहितको टोलीले अनुगमन तथा निरीक्षण गरेका थिए ।
विभिन्न सजाँय पाएर मोरङ कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीले विरामी हुँदा समयमै उपचार नपाएको गुनासो उनीहरुले गरेपछि कैदीबन्दीको अवस्था बुझेका थिए । कैदीबन्दीहरुको अवस्थाबारे आयोगमा जानकारी गराउने उनीहरुले बताए ।
कारागार प्रशासनले समयमै उपचार गराउन चिठी बनाइदिए पनि सुरक्षामा खटिएको नेपाल प्रहरीले हस्पिटलको समयमै उपचारमा नलाने गरेपछि शुक्रबार कैदीबन्दी आन्दोलित भएका थिए ।