AArya
RUMPUM
animated ellipse animated ellipse

श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति विषयमा छलफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०७४, आईतवार १६:००
18
Shares
विराटनगर, १३ फागुन / श्रम नीति र पालना गर्ने विषयमा विराटनगरमा छलफल भएको छ । छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति हुनु पर्नेमा जोड दिए ।

आचार्यले भने, ‘नीति, नियम तथा कानुन पालना गरी उत्पादन गर्ने उद्योगहरूको उत्पादनको बजार प्रवद्र्धन र उद्योगीहरूलाई प्रोत्साहित गर्ने नीति निर्र्माण गर्न आवश्यक छ ।’

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार अग्रवाल, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडासँग छलफल गरिएको थियो । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नका लागि नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिइएको थियो ।

सीप सिकाई र सेवा सिकाईलाई माध्यमिक शिक्षामार्फत युवावर्ग माझ विकास गर्न सके श्रमसम्बन्धी समस्याहरू धेरै हदसम्म समाधान हुन सक्नेबारेमा छलफल भएको थियो । ग्लोबल फेयरनेश इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा बेटर ब्रिक–नेपाल परियोजना समग्र सञ्चालन भइरहेको जानकारी गराइएको थियो । परियोजना मोरङ जिल्लाको हकमा एकीकृत हातेमालो समाजमार्फत आनन्द इँटा उद्योग, धनपालथान गाउँपालिका र रंगेली नपामा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर