पूर्वाञ्चल खबर
स्थानिय हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा आज भएको पहिलो खेलमा अपर्ण स्कूलले अन्नपूर्ण स्कूललाई ६–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूल विजयी भइ फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच अपर्णका उत्सव कार्की घोषित भए ।
सोही दिन सम्पन्न भएको दोस्रो खेलमा पोखरीया स्कूलले विनायक स्कूललाई ४–१ गोल अन्तरले पराजित गरी पोखरीया स्कूल विजयी भइ फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दम्याच पोखरीयाका कौशल तामाङ घोषित भए ।
प्रतियोगिताको फाइनलमा आइतबार हुनेछ । यस प्रतियोगिता एमएचयन, प्याब्सन मोरङ, पब्सनको क्षेत्र नम्बर १, २, ३ र लायन्स क्लब अफ विराटनगर एकाडेमी, लायन्स क्लब फ विराटनगर फ्यिूजनको संयुक्त आयोजनामा भएको हो ।