AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स पहिलो अडिसन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०७४, शनिबार १८:५०
3
Shares
पुष्पराज थपलिया
विराटनगर १२ फागुन / पूर्वाञ्चल कलेज प्रिन्सेस तथा पूर्वाञ्चल कलेज प्रिन्स अडिसन सुरु भएको छ । विराटनगरमा चैतको अन्तिम सातामा हुने प्रिन्सेसको चौथो र प्रिन्सको दोस्रो सेसनको अडिसन सुरु भएको हो ।

एड होम एडभरटाइजिङको आयोजनामा हुने पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को अडिसन आज विराटनगरमा गरिएको थियो । अडिसनमा १ सय ५० भन्दा बढी यूवा–यूवतीहरुको सहभागिता रहेको एड होम एडभरटाइजिङका निर्देशक विपिन श्रेष्ठले जानकारी दिए ।

इटहरी, धरान र दमकमा भएको अडिसनबाट प्रतियोगितामा २० जना यूवा र २० जना यूवती प्रतिस्पर्धाका लागि छनौट गरिने आयोजकले जनाएको छ ।

विभिन्न स्थानमा अडिशन पछि प्रतिस्पर्धी छनोट गरिने छ । छनौट भएका प्रतियोगीलाई २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, ईन डोर फोटो सुट, क्याटवाक जस्ता रनवेयमा हिड्न सिकाईने छ ।

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको विजेताले ५ लाखको जीवन विमा प्राप्त गर्नेछन् । अघिल्ला वर्षमा नगद र गिप्ट ह्म्पर पुरस्कार प्राप्त गर्दै आएका थिए भने यसपटक देखि विजेताको पहिलो पटक जीवन विमा पनि गरिने भएको हो ।

पूर्वाञ्चलका विभिन्न कलेजमा अध्ययनरत यूवा–यूवतीको सिर्जनात्मक क्षमताको प्रवर्द्धन तथा सीप विकास गरी समाजमा प्रतिष्ठित जीवन बाँच्न सक्षम बनाउने उद्देश्यले पूर्वाञ्चल कलेज प्रिन्स तथा पूर्वाञ्चल कलेज प्रिन्सेस प्रतियोगिता विगत ४ बर्ष देखि सञ्चालनमा गर्दै आएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर