खबर पूर्वाञ्चल
विराटनगर ३ स्थित एवान क्वालिटि स्कुलको २१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा बोल्दै मन्त्री घिमिरेले जेष्ठ नागरिकहरुका लागि राज्यले स्वास्थ्य परिक्षणमा सहुलियत दिनु पर्ने व्यवस्थाा लागु गराउन र सार्वजनिक यातायातमा पाउनु पर्ने छुटको व्यवस्था अविलम्ब कार्यान्वयन गराउने उहाले प्रतिबद्धता व्यक्त गरे ।
‘सरकारले जेष्ठ नागरिकहरुलाई सार्वजनिक यातायात, अस्पताल लगायतमा विशेष छुट सुविधाको व्यवस्था गरेको भएपनि अहिलेसम्म आफुहरुले उक्त सुविधा नपाएको भन्दै जेष्ठ नागरिकहरुको पटकपटक गुनासो आएको छ,’ उनले भने, ‘यस विषयमा अस्पतालका संचालक तथा यातायात व्यवसायीहरुलाई बोलाएर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिन्छु, कार्यान्वयन नगर्नेलाई कारवाहि गरिने छ ।’
उनले सम्बन्धीत क्षेत्रका सरोकारवालाहरुलाई बोलाएर अविलम्ब छुट व्यवस्था लागु गर्न निर्देशन दिने र अटेर गर्नेलाई कारवाहि गर्ने चेतावनी दिए ।