AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुडी समाजले मनायो स्थापना दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७४, शनिबार १७:३९
3
Shares
विराटनगर, १२ फागुन/ नेपाल सुडी समाज विराटनगरको १२ औं स्थापना दिवसमा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना सुडी समाजले आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसर पारेर सुडी समाजको उत्थानमा उल्लेखनिय भूमिका निभार्ह गर्ने ६ जनालाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा सुडी समाजका पूर्व अध्यक्ष मनोज कुमार साह, सुडी समाजका समाजसेवी मोहनलाल महतो, अशोक साह, मिश्रिलाल साह, किशोर साह, मन्जु साह र बिन्दी साहलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि सांसद जुलीकुमारी महतो, समाजको सुडी समाजको अध्यक्ष रामेश्वर साहले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा सांसद महतो, तेलि समाजका अध्यक्ष अनिल साह, कार्यक्रम संयोजक तथा मेलान मोरङका अध्यक्ष दिनेश राउतलगायतले बोलेका थिए । स्थापना दिवसमा सुडी जातिका किशोरीहरुले आफ्नो जातिय पहिरन लगाए नृत्य प्रस्तुत गरी थप मनोरञ्जन प्रादान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर