AArya
RUMPUM
animated ellipse animated ellipse

‘इडेन मेघा मेला– २०७४’ सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०७४, शनिबार १६:५४
9
Shares
मेलामा गित गाउँदै विद्यार्थी । तस्वीर- पुष्पराज थपलिया
विराटनगर, १२ फागुन / विराटनगर–३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कूलमा ‘इडेन मेघा मेला – २०७४’ सम्पन्न भएको छ ।

स्कूलले आज स्कूल प्राङ्गमा एक कार्यक्रममा विराटनगर महानगर पालीकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए ।

मेलामा जर्पे, मदानी, कुँडो, हल्लुड,हरिसा जुवा, कोदाली, हँसिया, घैटो,ठेकी, पिरा, मानो,पाथी, ढिकी, ओख्ली र भखारीलगातका पुराना तथा पुरातात्विक वस्तुहरुको प्रदर्शनी राखिएको स्कूलका प्रिन्सिपल चिल्तामणि बस्नेतले बताए । विद्यालय–अभिभावकबीचको सम्बन्धलाई नजिक बनाउने उद्देश्यसहित मेलाको आयोजना गरिएको प्रिन्सिपल बस्नेतले बताए ।

मेलामा अभिभावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । ४ हजार जनाले मेला अवलोकन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिएका छन् । मेलामा २२ स्टल रहेको स्कूलका को–अडिनेटर तारा श्रेष्ठले जानकारी दिए । मेलामा स्कूलमा अध्यनरत विद्यार्थीद्वार निर्मित सामाग्रीहरुको पर्दशनी गरिएको थियो । स्कूलका अध्यक्ष तुलसी पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर