RUMPUM
animated ellipse animated ellipse

देवकोटाको खण्डकाव्य मुनामदन गुरुकुलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ फाल्गुन २०७४, शुक्रबार १९:१६
3
Shares
बिराटनगर, ११ फाल्गुन/ नेपाली भाषा साहित्यका महान हस्ती महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरको अति चर्चित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक शनिबारदेखि आरोहण गुरुकुलमा प्रदर्शन हुँदैछ ।

विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिको रुपमा नेपाली भाषा साहित्य कला,रंगकर्म/रंगमञ्चको उत्थान र सम्बर्द्धन गर्न तथा युवा पिढिंलाई साहित्यमा सहभागी गराउने उदेश्यले यो नाटक प्रदर्शन गर्न लागेको नाटकका व्यवस्थापक कमल पोखरेले जानकारी दिए । बिराटनगरका विभिन्न एक दर्जन कलेजहरुको सहयोगमा तथा सुदिप कार्कीको निर्देशनमा रहेको सो नाटकमा ‘मुनामदन’मा गरीबीका कारण कमाइका लागि भोट गएका मदन र उनकी पत्नी मुनाबीचको प्रेम, भोट यात्रा, मदनकी रोगी बूढी आमाको गाउँमा कुवा र पाटी बनाउने चाहना र विदेसिएका मदन घर आइपुग्दाको वियोगान्त अवस्थालाई नाटकीय रूपमा प्रस्तुत गरिने निर्देशक कार्किले बताए ।

नाटक प्रदर्शनी फाल्गुन १२ देखि १५ गतेसम्म दिनको १ बजेदेखि साँझ ४ बजेसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ । देवकोटाको मुनामदनको सान्दर्भिकता नेपालीहरुका लागि आज पनि उत्तिकै रहेको छ । देवकोटा कालमा नेपाली पैसा कमाउन भारत, बर्मा लगायतका विभिन्न ठाउँमा जान्थे भने आजको समयमा त्यो भन्दा टाढा चरा खस्ने गर्मि त कतै कठ्याङरिदो जाडो खाडी मुलुकमा लाखौँ नेपाली युवा श्रम वेचिरहेका छन् । तिनका मुनाहरु घरमा तिनै मदनको प्रतिक्षामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर