पूर्वाञ्चल खबर
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै मदिरा ब्यवस्थापन अभियान विराटनगरले खुले आम विक्री भइरहेको मदिरा ब्यवस्थापन गर्न माग गरेको हो ।उनीहरुले मदिरा नियनत्रणका लागि गरिने चेक जाँच र अनुगमन प्रभावकारी नहुँदा विना अनुमती मदिरा विक्री हुने क्रम बढेको बताएका छन । विराटनगरमा हरेका ६/७ वटा घरमा एउटा मदिरा पसल खुलेको भन्दै यसले समाज नराम्ररी विग्रदै गएको बताएका हुन ।
अभियानका संयोजक फणिराज नेपालले विहारमा मदिरा बेच्न प्रतिबन्ध लागेपछि विराटनगरमा यसको भिडभाड बढेको र किराना पसललगायत अन्य पसलहरुमा समेत मदिरा राख्ने गरेको, रातभर मदिरा पसल खोल्ने गरेका कारण शान्ति सुरक्षामा समेत असर गरेकोले मदिरा ब्यवस्थापनमा जोड दिएको बताए । उनले मदिरा पसलहरुको अनुगमन गर्न र मदिरा नियमावली २०३३ कार्यान्वयन गर्न स्थानीय तह र प्रादेशिक सरकारको ध्यानाकर्षण गराइने बताए । सामाजका बलात्कार ,चोरी,घरेलुहिसा पनि महिराकै कारण बढेको भन्दै यसका लागि मदिरा जोन र पसल खोल्ने समय सिमा निर्धारण गर्नुपर्ने समेत संयोजक नेपालले बताए ।
नेपालमा डब्लुएचओले सन् २०११ म गरेको अध्ययन अनुसार ४० प्रतिशत मदिराको तलमा फसेको र उत्पादन हुने अन्नको ३० प्रतिशत मदिरा बनाउनमा खर्च हुने गरेको प्रति चिन्ता ब्यक्त गर्दै यसको नियमन गर्न आबश्यक भएको बताइएको छ ।