AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश स्तरीय भलिबलको उपाधिे निहारीका कलेजलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ फाल्गुन २०७४, बुधबार १९:०४
3
Shares
बिजेता बनेको निहेरीका कलेजका खेलाडीहरु
विराट चोक, ९ फागुन / १ नम्बर प्रदेश स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको निहारीका कलेजले जितेको छ ।

मोरङको सुन्दरहरैचामा आज सम्पन्न भएको फाइनल खेलमा धरान महेन्द्र बहुमुखी क्याम्पसलाई २५–१९, २५–२२ र २५–१९ सोझो सेटले पराजित गरी निहारीका कलेजले उपाधि जितेको हो ।

जितसँगै निहारीकाले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी हात पारेको छ । उप–विजेता बनेकोे धरान बहुमुखीले ३३ हजार ३ सय रुपैयाँमा चित्त बुझायो । मेन अफ द टुनामेन्र्ट निहारिका कलेजका सन्तोष तामाङ घोषित भए ।

उक्त प्रतियोगिताको आयोजना स्वतन्त्र विद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पसले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर