RUMPUM
animated ellipse animated ellipse

हलिउड सुपरस्टार रेन्बोको निधनको हल्लाले सनसनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ फाल्गुन २०७४, मंगलवार २१:०६
3
Shares
हलिउड सुपरस्टार रेन्बोको निधनकोे हल्लाले सनसनी मच्चाएको छ। रेन्बोले आफ्नो निधनको हल्ला फैलाउनेहरुलाई ‘पागल’को संज्ञा दिएका छन्। हलिउड अभिनेता सिल्वेस्टर स्टेलान (रेन्बो) ले इन्स्टाग्राममा लेखेका छन्– ‘कृपया यस्ता अफवाहलाई मतलब नगर्नुहोला। म स्वस्थ, खुशी र ठिक छु।’

अभिनेता सिल्वेस्टरले रन्बोको सिरिजमा अभिनय गरेका थिए। त्यसपछि उनी रेन्बोको नामले परिचित भए। ७१ वर्षका रेन्बो अहिले पनि फिल्म निमार्ण र अभिनयमा सक्रिय छन्। उनको एक्सन अहिले पनि लोकप्रिय छ।

रेन्बोका भाइ फैन्कले कडा बिरामीबाट दाइको मृत्यु भएको हल्ला फैलाइएको बताए। रेन्बोको मृत्युको हल्लामा देखाइएको फोटो कुनै फिल्मको सिन भएको उनले बताए। सोमबार क्यान्सरका कारण रेन्बोको निधन भएको हल्ला फैलिएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर