RUMPUM
animated ellipse animated ellipse

कालीमन्दीरको अत्याधुनिक सुविधा सम्पन्न धर्मशाला निर्माण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७४, मंगलवार १७:१८
3
Shares
विराटनगर, ८ फागुन / विराटनगर–७ स्थित कालीमन्दीर अत्याधुनिक सुविधा सम्पन्न धर्मशाला निर्माणको काम सम्पन्न भएको छ ।

कालीमन्दीर व्यवस्थापन समितिले साढे चार करोडको लागतमा धर्मशाला निर्माण गरेको हो । चारवर्ष लगाएर निर्माण गरिएको धर्मशालामा २८ वटा एयर कन्डिसन तथा ऐटेच वाथरुम सहितको कोठाहरु रहेका छन । मन्दिर व्यवस्थापन समितिले आज पत्रकार सम्मेलनगरि मन्दीरमा उठेको भेटी तथा विराटनगर तथा विराटनगर वाहिर साथै विदेशमा रहेका भक्तजनहरुको सहयोगमा धर्मशाला निर्माण गरेको जनाएको छ ।

समितिकी अध्यक्ष डा. मिनाक्षी नेपालले धर्मशाला निर्माणकालागि देश विदेशवाट सहयोग भएको वताइन् । मुख्य सडकमा रहेको मन्दिर पछाडिको १७ धुुर जग्गामा धर्मशाला निर्माण गरिएको छ । ऐतिहासिक एवं धार्मिक महत्व वोकेको विराटनगरको काली मन्दीरको छुटै महत्व रहेको छ ।

विक्रम सम्बत १९७१ सालमा विराटनगर सदरमुुकाम भएको थियो । त्यसपछि १९९७ सालमा कालिमन्दीरको स्वामित्वमा साबिकको धर्मशाला निर्माण भएको थियो । कालि माताका परमभक्त गोपीनाथ उपाध्याय खनालले त्यतिखेर आफनो निजि खर्चमा धर्मशाला निर्माण गरेका थिए । सो भवन जीर्ण भएपछि त्यस ठाँउमा हाल निर्माण गरिएको नयाँ धर्मशालामा लिफ्ट र जेनरेटर जडान गर्न थप ५० लाख खर्च लाग्ने समितिले जनाएको छ । धर्मशालाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बुधबार औपचारीक उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर