विराटनगर, ८ फागुन / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले राजनीतिक संस्कार नदेखाएको आरोप लगाएको छ । एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेका छन् । उक्त जुन नाम विप्लव नेतृत्वको पार्टीसँग मिल्छ ।
विप्लव नेतृत्वको नेकपाले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेको आरोप सो पार्टिले लगाएको छ । आफूहरुले एमाले र माओवादीसँग वैचारिक रुपले प्रतिकार गर्ने विप्लपका एक नेताले बताए ।