AArya
RUMPUM
animated ellipse animated ellipse

नगर कपको उपाधी वडा नं. १ लाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७४, सोमबार १९:०९
3
Shares
पथरी, ७ फागुन / पथरीमा जारी तेस्रो पथरीशनिश्चरे नगर कपको उपाधि वडा नं. १ ले आत पारेको छ । आज भएको फाइनल खेलमा वडा नं. २ लाई १ का बिरुद्ध २ गोल पराजित गर्दै वडा नं. १ ले उपाधि हात पारेको हो ।

खेलमा पहिलो हाफको १८ मिनेटमा वडा नं. २ का सन्तोष न्यौपानेले गोल गरे पनि दोस्रो हाफको ६२ औं मिनेटमा वडा नं. १ का दिपक राई र ६९ औं मिनेटमा रविन राईले १–१ गोल गर्दै उपाधि चुमेको हो । नगर कप विजेता वडा नं. १ ले नगद ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरो भने उप विजेता वडा नं. २ ले २० हजार ट्रफी र प्रमाणपत्रमा चित बुझाउनु पर्याे ।फाइनल खेलको म्यन अफ द म्याच वडा नम्बर एकका क्याप्टेन मिन धिमाल घोषित भए ।

वेष्ट गोलकिपर एककै अर्जुन बस्नेत, उदयमान खेलाडि निमण लिम्बू, सर्वोकृष्ट खेलाडि साइमन लिम्बू, प्रशिक्षक किरण धिमाल घोषित भए । त्यसैगरी वेष्ट डिफेन्डर सुबास तामाङ, मिड फिल्डर कबि राई र वेष्ट फर्वाड सन्तोष न्यौपाने घोषित भए । खेल अवधिभर ११ गोल गर्ने वडा नम्बर १ का खेलाडी सुमन राई हाइ स्कोरर घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर