खबर पूर्वाञ्चल
एकवर्षको अवधीमा पूर्वाञ्चल क्षेत्रभरी मानव अधिकारको विषयमा जोखिमपूर्ण लेख्ने पत्रकार तथा इन्सेक प्रतिनिधिलाई नगद राशीसहित सम्मान र पुरस्कृत गरिएको हो ।
प्रजातन्त्र दिवसको अवसरमा आज २६ औं मानव अधिकार वर्ष पुस्तक सार्वजानिक गर्न विराटनगरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष इन्दिरा भट्टराई र सप्तरीका पत्रकार मनोहर पोखरेललाई सम्मान तथा पुरस्कृत गरिएको हो । भट्टराई र पोखरेललाई उच्च अदालत विराटनगरका न्यायधिश थीरबहादुर कार्कीले नगद ७ हजार राशीको पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए ।