CLASSICTECH NET

राष्ट्रियस भामा नयाँ नाम सिफारिस हुने

खबर पूर्वाञ्चल, ७ फाल्गुन २०७४, सोमबार ०६:४०

काठमाडौं,७ फागुन/सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रियसभामा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराइएको छैन । स्रोतहरुले सिफारिस तीनजनाको नाम फिर्ता लिने र नयाँ नाम सिफारिस गर्ने निर्णय गरेको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेकी महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले महत्वपूर्ण निर्णय भए पनि अनुशासनका कारण बाहिर सार्वजनिक गर्न नमिल्ने बताइन् । ‘महत्वपूर्ण निर्णय भएको छ । मन्त्रिपरिषद्को अनुशासनका कारण अहिले बाहिर भन्न मिल्दैन,’ थापाले भनिन् ।

तीन सदस्यीय मन्त्रिपरिषदका अर्का सदस्य जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले पनि निर्णयका बारेमा बोल्न चाहेनन् । यो खबर नागरिक दैनिक्मा छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५