AArya
RUMPUM
animated ellipse animated ellipse

घरजग्गाको मूल्य आकासियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७४, शुक्रबार ०६:४१
3
Shares
तेह्रथुम,४ फागुन/ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ ।

गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ ।

पुनसंचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ ।
केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको छ । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत आकासिएको छ । यो समाचार कारोबारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर