AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को मन्त्री परिषदको पहिलो बैठक सकियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ फाल्गुन २०७४, बिहीबार २०:४८
3
Shares
विराटनगर,३ फागुन/ मुख्यमन्त्री र मन्त्रीहरुको सपथपछि बिहीबार नै पहिलो ऐतिहासिक मन्त्रिपरिषद बैठक बसेर प्रदेश सरकारको कार्य विभाजन नियमावली, कार्यसम्पादन नियमावली, लिखित प्रमाणिकरण नियमावली पारित गरेको छ ।

बैठकले सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई तोकेको छ । प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा शाहदत्त प्राप्त गर्नुहुने शहिदहरुको स्मरणमा शहिद भूमिमा नमुना वस्ती निर्माण गर्ने निर्णय गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।

उनले जननेता मदन भण्डारीको जन्मस्थान ताप्लेजुङ्गको ढुंगेसाँघु, सुखानी, छिन्ताङलगायतका सहिदभूमिमा नमुना वस्ती निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए । त्यसको विस्तृत कार्यायोजना, परियोजना र बजेटको पछि व्यवस्था गरिने बताइएको छ ।
मन्त्रिपरिषद बैठकपछि मुख्यमन्त्री राईले कर्मचारीहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर