खबर पूर्वाञ्चल
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कारागार भित्र शुद्ध खाने पानीको ब्यवस्था गरिदिने घोषणा गरे । कार्यक्रममा बोल्दै मोरङ कारागारका जेलर प्रेमप्रसाद सापकोटाले शुद्ध पानीको अभावमा कैदीबन्दीहरुले विभिन्न रोगको सामना गर्नुपरिरहेको समस्या राखेपछि महानगर प्रमुखले सो घोषणा गरेका खरेका हुन् । महानगर प्रमुख पराजुलीले महानगरपालिकाले कारागार परिसरमा शुद्ध पानीका लागि ५ लाखको बजेट बिनियोजन गरिदिने आश्वासन दिए ।
कारागारका चौकीदार अभिषेक गिरिले कारागारभित्र समुचित पानीको ब्यवस्था नभएकाले कैदीबन्दीले सास्ती खेप्नु परेको बताए ।
मन्दिर चौकीदार अभिषेक गिरीको पहलमा बन्न लागेको हो । कैदीबन्दी र अन्य सहयोगी दाताहरुबाट प्राप्त भएको रकमले मन्दिर परिसर भित्र मन्दिर निमार्ण गर्न लागेको उनले बताए । ‘कैदीबन्दीले पूजा पाठ गर्नु प¥यो भने कारागार परिसर भित्र मन्दिर नै छइन्,’ चौकीदार गिरीले भने, ‘सबैलाई पूजापाठ हुने गरी मन्दिर बनाउँन लागेका हौं । सबै कैदीबन्दीले इच्छा, चाहाना अनुसार मन्दिर बनाउन लागि परेका हौं ।’
कैदीबन्दी आफैले श्रमदान गरी मन्दिर निमार्ण गर्ने कारागारका जेलर प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।
मन्दिर निमार्ण गर्न साढे ५ लाख लाग्ने चौकीदार गिरिले जानकारी दिए । हाल सो कारागारमा ७ सय ४९ पुरुष कैदीबन्दी छन ।