AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा मुख्यमन्त्रीको चयन प्रक्रिया शूरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०७४, सोमबार २१:२६
3
Shares
फाइल तस्वीर
विराटनगर, २९ माघ / वाम गठवन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामू दावी पेस गरेको छ।

वामगठवन्धनका एमालेकाबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीबाट संसदीय दलका नेता टंक आङ्बुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै आज प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईलाई छुट्टाछुट्टै पत्र हस्तान्तरण गरेका छन् ।

एमाले नेता घिमिरेले भने, ‘एमालेका संसदीय दलका नेता शेरधन राईलाई माओवादीको समेत समर्थन रहेको औपचारिक पत्र दर्ता भएको छ,’ नेता घिमिरेले भने ‘२ गते प्रदेश प्रमुखको कार्यालयको तर्फबाट औपचारिक रुपमा मुख्यमन्त्रीको पत्र हस्तान्तरण हुने र ३ गते शपथ ग्रहण हुनेछ।’ पत्र हस्तान्तरण गर्दै माओवादी नेता आङ्बुहाङले एमालेलाई समर्थन गरेको पत्र आफूहरूले बुझाएको बताए।

दुवै दलले संसदीय दलको नेता चयन गरेको विषयलाई पनि पत्रमार्फत प्रदेश कार्यालयलाई जानकारी दिएको उनको भनाइ छ। बहुमत प्राप्त दलको सिफारिसमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक प्रावधान छ। ९३ सदस्यीय प्रदेशसभामा वाम गठवन्धनको ६७ जना गरी २ तिहाइ साँसद निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर