खबर पूर्वाञ्चल
सेनाले शिवरात्री तथा सेना दिवसको अवसरमा आज जहदा गाउँ पालिका १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रममा रहेको बालबालिका तथा वृद्धवृद्धाहरुको संमन्वयमा तथा नेपाली सेनाको संयुक्त आयोजनामा सरसफाइ गरेको छ ।
त्यसैगरी सेनाले सेना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटि मोरङको सहयोगमा सुर्य दल गणले रक्तदान गरेको छ । सुर्यदल गणका गणपति प्रमुख सेनानी ईन्दिवर विष्ट लगायत १५ जना सेनाले रक्तदान गरेका छन् । सेनाले सेना दिवसको अवसर पारेर मोरङ जिल्लामा रहेका विरगति प्रप्ति सैनिकका परिवार तथा घाईते, एक्ल महिलाको सहभागीतामा गणको प्रङगणमा संस्कृति कार्यक्रम समेत आयोजना गरेको छ ।