खबर पूर्वाञ्चल
शर्माद्वयका ८९ बर्षीय पिता दयाराम जमर कट्टेलको विराटनगर–११ जनपथस्थित आफ्नै निवासमा आज साँझ ६ बजे निधन भएको हो ।
वि.सं.१९८६ भदौ ९ गते धनकुटाको डाँडाबजारमा जन्मिएका कट्टेलको परिवारमा श्रीमती, पाँच छोरी र दुई छोरा छन् । परिवारमा पत्रकारद्वय शर्मा क्रमशः कान्छा छोरा र कान्छी छोरी हुन् । पछिल्लो समय स्वास्थ्यमा गडबढी भई नोवेल मेडिकलमा नियमित उपचार गरिरहेका कट्टेल मंगलबार डिस्चार्ज भई घरमै स्वास्थ्य लाभमा थिए । आज साँझ असजिलो महसुस गरेकै अवस्थामा उहाँको निधन भएको परिवारले जनाएको छ ।
परिवारका अनुसार उहाँको अन्तिम संस्कार सोमबार बिहान सिघिंयास्थित परमविश्रान्ति घाटमा गरिने छ ।