AArya
RUMPUM
animated ellipse animated ellipse

सभामुखको मनोनयन दर्ता आज, नेपाल पक्षको दाबी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७४, आईतवार ०८:००
3
Shares
विराटनगर,२८ माघ/संसदीय दलको नेता चयनमा छरपस्ट भएको नेकपा एमाले भित्रको गुटगत राजनीतिले सभामुख चयनमा पनि प्रवेश पाउ“दैछ ।

एमालेभित्र सभामुखका लागि गुटको केन्द्रीय लविङ नभएपनि संसदीय दलको नेतामा ओली पक्षका शेरधन राईस“ग भीम आचार्य पराजित भएपछि सभामुख भने स्वतः प्राप्त हुने माधव नेपाल समुहको बुझाई छ ।

शुक्रबार भएको संसदीय दलको निर्वाचनपछि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीको सह–इञ्चार्जसमेतको जिम्मेवारी बोकेका राईले शनिबार प्रदेश कमिटीको कार्यालय इटहरी पुगेर प्रदेश इञ्चार्ज आचार्यलाई भेटेका छन् ।

उक्त भेटमा पार्टीको कामलाई एकतावद्ध ढंगले संचालन गर्ने र सवैलाई समेटेर जिम्मेवारी बाडफाट गर्ने विषयमा कुराकानी भएको स्रोतको भनाई छ । यसैलाई आधार मान्दा प्रदेशको अर्को प्रमुख पद सभामुखमा नेपाल समुहले भद्र ढंगले दाबी गर्ने स्पष्ट देखिन्छ ।

बाम गठबन्धनको मुख्य घटक एमालेले नै प्रदेश नम्बर १ मा सभामुख पाउने दोश्रो घटक माओवादी केन्द्रस“ग सहमति छ । माघ २२ गते बसेको पहिलो प्रदेश संसद बैठकले आइतबार सभामुखका लागि मनोनयन दर्ता गर्ने मिति तोकेको थियो । सोही अनुसार संसद सचिवालयले आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता र सोमबार दिउ“सो १ बजे बस्ने प्रदेश संसद बैठकले सभामुख चयन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

सभामुखका लागि एमालेमा ओली गुटबाट प्रदेशसभा सदस्यहरुले रुचिका साथ आफ्नो दाबी प्रस्तुत गर्न सकेका छैनन् । उनीहरुले संसदीय दलको नेतामा आफ्नै समुहका प्रतिस्पर्धीले जितेपछि थप द्वन्द्व नचर्कियोस् भनेर नेपाल समुहबाट आउने उम्मेदवार नै सर्वसम्मत होस् भन्ने धारणा राखेका छन् ।

भूगोल,जात वा समुदायको विशेषाधिकारभन्दा ज्ञान, क्षमता र दक्षता भएको तथा निर्णय गर्नसक्ने ल्याकत भएकोले सभामुखको जिम्मेवारी सम्हाल्नु पर्ने एक सदस्यले बताए ।
५१ सदस्य रहेको एमाले संसदीय दलमा सभामुखका लागि खुलेर आफ्नो इच्छा देखाउने कमै छन् ।

सभामुखका लागि सुनसरीका प्रदीपकुमार भण्डारी, पा“चथरका गणेशकुमार काम्बा¨ र खोटाङकी उषाकला राईले पार्टीले जिम्मेवारी दिएमा पूरा गर्ने बताएका छन् । शनिबार बेलुका अबेरसम्म भएका आन्तरिक छलफलमा सभामुखका लागि संखुवासभाका तुलसी न्यौपाने र सुनसरीका जगदीश कुसियैतको नाम पनि चर्चामा आएको स्रोतले जनाएको छ । उदघोष दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर