AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली क्यासिनोमा अवैध पाँच विदेशी कामदार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०७४, आईतवार ०७:४२
3
Shares
काठमाडौं,२८ माघ/नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ।

सम्बद्ध स्रोतका अनुसार निःशुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्मका तहमा कार्यरत छन्।

नेपालको कानुनअनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएरमात्र काम गर्न पाउँछन् । तर, ती पाँच विदेशी भने श्रम स्वीकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो । उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा सञ्चालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानी छ । यसको नेपाली साझेदार कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालि हो । यही ग्रुपले काठमाडौंमा क्यासिनो मिलेनायर्स क्लब पनि सञ्चालन गरिरहेको छ।

स्रोतका अनुसार श्रम स्वीकृतिबिना उक्त क्यासिनोमा काम गरिरहेका विदेशीमा बेलायतका पौल सिम्मन्स, अस्ट्रेलियाका एन्थोनी चाल्र्स ज्याक्सन, रुसका रामी ओबेइड, अस्ट्रेलियाका केभिन जोन विल्कक्स र फिलिपिन्सका भिक्टोरियो जेआर फेबाबियर छन् । तीमध्ये पौल क्यासिनोका उपाध्यक्ष, एन्थोनी र केभिन महाप्रबन्धक, रामी फुड एन्ड बेभरेज म्यानेजर र भिक्टोरियो प्रबन्धक हुन्।

‘नेपालमा दक्ष जनशक्ति जत्ति पनि छन् । विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केही समय काम गरेपछि दक्षता हस्तान्तरण गरेर छोड्नुपर्छ,’ टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले भने, ‘यसबारे मैले क्यासिनोका प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभरसँग धेरैपटक भन्दा पनि उनले बेवास्ता गर्दै आएका छन् ।’

क्यासिनो स्रोतका अनुसार गैरकानुनी काम गरिरहेका सबै पाँच विदेशीले तलब हङकङस्थित कार्यालयबाट लिइरहेका छन् भने यहाँ आवश्यक अन्य सबै सुविधा क्यासिनोले उपलब्ध गराइरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर