खबर पूर्वाञ्चल
‘संविधानमा राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोडेर संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने प्रावधान छ । एमालेका २, कांग्रेसका २, राजपाका १ जना गरी ५ जना महिला कम भएको हो । दलहरुले अब ५ जना पुरुष बढी प्रतिनिधित्व पठाउन पाउने छ ।
समाचार अनुसार प्रत्यक्षमा ६ जना महिलाले जितेका कारण समानुपातिकमा दलहरुले सबैजसो पहिला पठाउनुपर्ने देखिएको छ । प्रत्यक्षतर्फ महिलालाई टिकट नदिएका कारण दलहरुले समानुपातिकबाट महिलाको अनिवार्य प्रतिनिधित्व बनाउनुपर्ने बाध्यता बनेको हो । यो समाचार नागरिक दैनिकमा छ ।