RUMPUM
animated ellipse animated ellipse

निहारीका कलेजले गर्यो विद्यार्थीहरुलाई स्वागत तथा विधाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७४, शनिबार १७:३१
3
Shares
विराटनगर, २७ माघ / त्रिभूवन विश्व विद्यालय व्यवस्थापन संकायका डिन प्रध्यापक डा. डिल्लीराम शर्माले भविष्यमा मुलुक समृद्धि बनाउने आजको यूवा विद्यार्थी नै भोलीको कर्णदार भएकोले लगनशिल भएर बेलैदेखि अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाब दिएका छन् ।

 

 

 

विराटनगरको बरगाछीमा रहेकोे निहारीका कलेजले आयोजना गरेको विद्यार्थीहरुलाई स्वागत तथा विधाई कार्यक्रमको उद्घाटन शत्रमा आज बोल्दै प्रध्यापक डा. शर्माले यस्तो बताएका हुन् ।

‘बेलैदेखि विद्यार्थीहरु लगनशिल हुन जरुरी छ,’ उनले भने, ‘अध्ययन गर्ने विद्यार्थीहरुले समयको महत्व बुझनु पर्दछ । समयको महत्वलाई बुझेर अध्ययन गरे त्यो विद्यार्थी एक दिन सफल हुनेछ ।’ उनले चाँडै अब सेमिस्टर सिस्टम लागू गर्ने तयारी गरेको जानकारी दिए । ‘नेहारीका कलेजले एमबीएस कक्षा सञ्चालन गर्न विश्वविद्यालयबाट स्वीकृत पाएको छ,’ उनले भने गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीहरुको मन जित्ने शिक्षा प्रदान गर्नुपर्दछ ।’

कार्यक्रममा उपस्थीति भएका अतिथी र सहभागिहरुलाई स्वागत गर्दै कलेज प्रमुख अमित ढकालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज परीवार सधैभरी लागि पर्ने बताए ।

बी.एस.सी. /सी.एस. सी. आइटी को परीक्षा टप गर्ने विद्यार्थीहरुलाई कलेजले सम्मान ग¥यो । बी.एस.सी.÷ सी.एस.आइटी को फस्ट सेमिस्टरमा प्रथम हुने नवराज थापा, दोस्रो सेमिस्टरमा विवेक सिंह र २०७३ सालको बी.एस.सी.÷ सी.एस.आइटीको सेमिस्टमा ८३ प्रतिशत अंक ल्याएर टप गर्ने सुन्दर गौतमलाई कलेजले सम्मान गरेको थियो । सम्मानित हुने विद्यार्थीहरुलाई कार्यक्रमको प्रमुख अतिथि त्रिभूवन विश्व विद्यालयका डिन प्रध्यापक डा. डिल्ली शर्माले सम्मान गरे ।

कार्यक्रममा परीक्षा नियन्त्रणक पुर्वाञ्चल विश्व विद्यालयका सह नियन्त्रक अर्जुन विक्रम खड्का, उद्योग संगठन मोरङका उपाध्क्ष भिम घिमिरे, स्नाकोउत्तर क्याम्पस विराटनगरका प्रमुख डा. मनोज राउत, नुम्पकाको अध्यक्ष तिर्थराज घिमिरे, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायतले बोलेका थिए ।,

सोही अवसरमा नयाँ भर्ना भएका र विदाई भएका विद्यार्थीहरुलाई सोही कलेजका विद्यार्थीहरुले साँस्कृतिक झल्किने नृत्य, कविता, गीत प्रस्तुत गरी दिनभरी प्रयाप्त मनोरञ्जन प्रदान गरेका थिए ।

कलेज प्रमुख ढकालका अनुसार कलेजमा हाल बी.एस.सी.÷ सी.एस.आइटी, बी.बी.एस. एम.बी.एसलगायतको कक्षाहरु सञ्चालन रहेको जानकारी दिए । निहारीका कलेजका अध्यक्ष रुपेश खतिवडाको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन दिपेस बास्कोटाले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर