पूर्वाञ्चल खबर
घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्र पठाएको हो।
प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले छानबिनमा रहेका उनीहरुलाई आवश्यक सोधपुछ र वयान लिनुपर्ने भएपछि निलम्बनको लागि सिफारिस गरिएको जानकारी दिए। १४ वर्षिया बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ ।
प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका थिए ।
ती बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए । तर मुद्धा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो । इटहरी –२० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ । यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन् । यो खबर अन्नपूर्ण पोष्टमा छ ।