पूर्वाञ्चल खबर
सम्मान कार्यक्रममा नेकपा एमाले पोलिटव्यरो सदस्य तथा मोरङ ६ का सांंसद लालवावु पण्डितले अव निर्माण हुने प्रदेश र संघीय सरकारले सरकारी विद्यालय तथा क्याम्पसमा कार्य गर्ने स्थायी शिक्षकलाई निजी क्षेत्रका विद्यालयमा अध्यापन गर्ने कार्यमा रोक लगाउने पर्ने आवश्यकता भएको बताए ।
नेकपा एमाले केन्द्रीय सचिव एवम् प्रतिनीधी सभाका सांसद योगेश भट्टराईले सम्मान पत्र वितरण गर्दै प्रदेशमा रहेको जलश्रोतको अपार भण्डारको उचित व्यवस्थापन गरी जनताको आर्थिक सम्वृद्धि निर्माणतर्फ प्रादेशिक सरकार लाग्नु पर्नेमा जोड दिए ।
त्यस्तै नेकपा एमालेका कार्यालय सचिव एवम् प्रतिनीधी सभाका सांसद भानुभक्त ढकालले नेकपा एमालेको सहि नेतृत्व र विचारले प्रदेश र संघीय संसदको निर्वाचनमा विजय प्राप्त भएको वताउदै जनताको विकासको चाहनालाई सवै एकजूट लाग्नु पर्ने वताए ।
नेकपा एमाले १ नं प्रदेश संयोजक एवंम प्रदेश सभा सदस्य भीमप्रसाद आचार्यले आगामी सरकारले सत्तरी प्रतिशत प्राविधिक तथा तीस प्रतिशत साधारण शिक्षा अध्ययन गर्ने नीति ल्याएमा देशको उद्योग, जलविद्युति तथा आधुनिक कृषिका दक्ष जनशक्ति उत्पादन हुने धारणा व्यक्त गरे।
पूर्व सञ्चार मंन्त्री प्रदेश सभाका सांसद शेरधन राईले प्रदेश सरकारले स्थायी शान्ति र सुशासन कायम गरी जनताको विकास र सम्वृद्धिको चाहना पुरा गर्ने कार्यमा सवैएकजुट भै लाग्नु पर्ने वताए ।
नेकपा एमाले मोरङका अध्यक्ष विनोद ढकालले रोजगारीमूलक शिक्षामा जोड दिई विदेश पलायन हुने यूवाहरुलाई स्वदेशमै रोजगार दिने कार्यमा आगामी सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
अनेरास्ववियूका केन्द्रीय अध्यक्ष नविना लामाले शिक्षा क्षेत्र तथा विश्वविद्यालयमा देखिएको विकृति तथा विसंगति हटाउन पर्नेमा जोड दिइन् ।
अनेरास्ववियूका १ नं प्रदेश संयोजक वसिम आलमको सभापतित्वमा भएको वधाई तथा सम्मान कार्यक्रममा अनेरास्ववियूका मकर खडका, भाष्कर खनाल र रामशरण चौधरीले आगामी सरकारले प्राविधिक शिक्षा नीति ल्याउनु पर्नेमा जोड दिए ।