खबर पूर्वाञ्चल
लेखक संघले आज विराटनगरमा पत्रकार सम्मेलन गरी स्थानिय मारवडी सेवा सदनमा हुने दुई दिने सम्मेलनमा देशभरीका करिब २ सय ५० भन्दा बढी साहित्यकारहरुको सहभागि रहेको लेखक संघका सचिव मिनकुमार नवदीतले जानकारी दिए । उक्त सम्मेलनमा ‘आफ्नो प्रदेशको भाष साहित्यको विद्यमान अवस्था र त्यसको विकासको लागि चालिनुपर्ने कदम’ विषयमा ७ वटै प्रदेशबाट १÷१ जना विज्ञबाट कार्यपत्र प्रस्तुत गर्नेछन् ।
‘मुलक संघियाको कार्यन्वयनमा चरणमा प्रवेश गरेको छ,’ लेखक संघका अध्यक्ष गोकुल अधिकारीले भने, ‘भाषा साहित्यको विकासको लागि नीति व्यवस्थाकोबारेमा घनिबुद रुपमा छलफल हुन्छ । यसै सम्मेलनबाट महत्पूर्ण निश्कर्ष र निकास निकाल्नेछौं ।’
विज्ञहरुबाट हरेक प्रदेशबाट भाषा र साहित्यको अवस्थाबारेमा अवधारणा पत्र प्रस्तुत गर्ने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सम्मेलनको पहिलो दिन भाषा साहित्यको प्रादेशिक अवस्था बोरमा छलफल र तीन वटा अवधारणापत्रको प्रस्तुती हुन्छ भने अन्तिम दिन नेपाली कविता सम्बन्धी अवधारणपत्रको प्रस्तुुति तथा कविगोष्ठी रहनेछ ।