पूर्वाञ्चल खबर
विराटनगरमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा जुनियरतर्फ सिद्धार्थ र सिनियरतर्फ बालप्रतिभा प्रथम भएको हो ।
जुनियरतर्फको द्धितीय उर्लाबारीमा रहेको पशुपति सेकेण्डरी बोर्डिङ स्कूल भयो भने तृतिय उर्लाबारीकै पारलेन्स सेकेण्डरी बोर्डिङ स्कूल घोषित भयो । त्यस्तै सिनियरतर्फको द्धितिय रिलायन्स स्कूल उर्लाबारी र तृतीय विराटनगरमा रहेको अन्नपूर्ण स्कूल घोषित भयो ।
विजेता हुने स्कूलले आकर्षण ट्रफि प्राप्त गरेका थिए । प्रतियोगिताको फाइनलमा ३३ वटा स्कूलको सहभागि रहेको प्याब्सन मोरङले जनाएको छ ।
निजी विद्यालयमा अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले प्रत्येक्ष वर्ष यस्तो लोकनृत्य प्रतियोगिता गर्दै आएको छ ।
विजेता हुने स्कूलका विद्यार्थीहरुलाई विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, प्याब्सनका केन्द्रीय सल्लाकार टिकाराम पुरी, मोरङ अध्यक्ष सुनिल पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।