AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री र सभामुख बन्न दौडधुप तीव्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७४, मंगलवार ०७:१७
3
Shares
काठमाडौ,२३ माघ /प्रदेश मुख्इमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ ।

फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने प्रावधानका कारण दौडधुप तीव्र बनेको छ ।

एमाले र माओवादी केन्द्रका आकांक्षीहरु पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरुलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन् । भेट्न आउने नेताहरुलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अध्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुभवा दिइरहेका छन् ।

समाचार अनुसार दुई दलबीच पार्टी एकताको प्रयास भइरहेकै बेलामा एउटै पार्टीभित्रका पदमा नेताहरुबीच प्रतिष्पर्धा गर्दा राम्रो सन्देश नजाने भन्दै सकेसम्म मिलेर जानुपर्ने उनीहरुको सुझाव छ । यो खबर कान्तिपुरमा समाचार छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर