खबर पूर्वाञ्चल
पथरीशनिश्चरे वडा नं. १० का वडाअध्यक्ष सागर राई, वडा नं. ४ का गोविन्द भण्डारी, वडा नं. ६ का जय तामाङ, वडा नं. ८ का बाबुराम दाहाल र वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्काले संयुक्त रुपमा नगरपालिकाप्रति आक्रोश ब्याक्त गरेका हुन । वडाध्यक्षहरुले संयुक्त रुपमा निकालिएको प्रेस विज्ञप्तीमा नगरपालिकाको कार्यहरुप्रति आफुहरु कोही सहमत नभएको दाबी गरिएको छन । वडाध्यक्षहरुले नगर खेलकुद विकास समितिको गठन, प्रत्येक वडामा मेलमिलाप समिति गठन, नगरपालिकामा प्रेस संयोजको नियुक्तिमा उपमेयरले मनोमानी ढंगले गरेको ब्याक्त गरेका छन । नगरले गरेका निर्णयहरुमा आफूहरुको सहमति नभएको सच्याउन आग्रह गर्दा ब्यावस्था गरेकाले कुनै माइनटमा हस्ताक्षर नगरेको वडा अध्यक्षको भनाई छ ।
प्रतिनीधी र प्रदेश सभाको समयमा वडा नं. ४ का वडाध्यक्ष गोबिन्द भण्डारी माथी सागतीक आक्रमण भएको थियो उक्त घटनाको हाल सम्मपनि न्यायपालीकाले न्याय नगरेको भण्डारीको भनाई छ । सो पत्रकार सम्मेलनमा वडा नं. ४ का अध्यक्ष गोविन्द भण्डारीले भने–‘नगरपालिकाले धेरै वटा निर्णयहरु हामीलाई थाहै नदिई गर्ने गरेका छन् । “हरेक वडामा मेलमिलाप समिति निर्माण गरिएको छ वडा अध्यक्षलाई थाहा छैन कार्यलयमा आउँदा मात्र थाहा हुन्छ यस विषयमा हामी अनभिज्ञ छौं त्यसमा पनि म माथी अक्रमण गर्नेलाई सिफारीस गरिएको थियो पछि जनताले बिरोध गरेपछी सुधारीएको” भण्डारीले थपे–‘हाम्रा उपमेयर यमुना बिष्ट बास्तोलाले हामी वडाध्यक्षसँग सरसल्लाह र छलफल नै नगरी आफ्नो मनोमानी ढंगले निर्णय गर्ने गरेका छन् ।
यस विषयमा नगरपालिकाका उपमेयर यमुना बिष्ट बास्तोलाले आफुले मनोमानी ढंगले कार्यसञ्चालन नगरेको सुनाइन् । उनले भनिन्–‘नगरपालिकामा मैले एक्लै निर्णय गरेर हुन्न उहाँहरु पनि एक जिम्मेवार व्यक्ति हुनुहुन्छ त्यसैले म संविधान भन्दा माथि भएर काम गर्दिनँ र गर्ने गरेको पनि छैन । यस्तैगरी पथरीशनिश्चरे नगरपालिकामा माघ ५ गते प्रेस संयोजकमा भुपेन्द्र तिम्सिनालाई र नगर खेलकुद विकास समितीमा मनि सुब्बालाई नियुक्त गरेमा पनि उनीहरुको असहमति रहेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । नगरको मिटिङमा प्रेस संयोजक कुरा आएको हो मासिक १५ हजार दिने कुरा निर्णय गरेका थिए सो कुरा उनीहरुले सिधै अस्वीकार गरेका थिए अस्वीकार हुदाहुदै पनि अहिले प्रेस संयोजकलाई दैनिक ६ सय रुपैयाँ प्रदान गर्ने निर्णय भएको कुरा सुन्नमा आएको छ यसमा पनि उनीहरुको सहमति नभएको बताए ।
यसैगरी वडा नं. १० का सागर राईले भने–‘नगरले गरेको नगर खेलकुद परिषद् गठनमा खेललाई बुझेको र नेतृत्व गर्न सक्ने व्यक्ति आउनुपर्छ भन्ने हाम्रो माग हो । उनले थपे नगरमा गठन गरेको समिती प्रकृयागत नै छैन ।
वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहालले “हामीले राजनितीकरण गरेको हैन उपमेयर द्धारा हावि भएको सिस्टमको बिरोध गरेको बताए” । दाहालले थपे “नगरले यस्तै गर्दै जाने हो भने नगरपालिकामा हरेक समिती गठन दुई दुई वटा हुने बताए” । नगरखेलकुद बिकास समिती गठनले नगरका खेलाडीहरुमा नैरास्यता पैदा भएको छ भने उक्त गठनको सबै तिर आलोचना हुदै आएको छ । माघ ५ गतेको निरर्णयलाई समितका केही पदका सदस्यले आलोचनामा आउन नचाहेर हाल सम्म पनि प्रमाण पत्र लिएका छैन्न ।