RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डको १५औ बार्षिकोत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ माघ २०७४, सोमबार १४:३५
3
Shares
विराटनगर, २२ माघ । विराटनगर–७ मा रहेको मेरिल्याण्ड कलेजले १५औ बार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

कलेजमा आयोजित बार्षिक कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरी उपस्थीत अतिथी, अभिभावक, शिक्षक तथा कर्मचारिलाई दिनभर मनोरञ्जन दिएका थिए । कार्यक्रममा बर्षभरि भएका शैक्षिक तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सिल्ड, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरीएको थियो ।

यसैविच कलेजका पूर्व विद्यार्थी तथा राष्ट्रिय स्तरका क्रिकेटर सिद्धान्त लोहनीलाई नगद रु.२१ ह्जारले सहित सम्मान पत्रले कलेजले सम्मान गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, मोरङ प्रहरीका प्रमुख अरुणकुमार विसी, रानी गणका प्रहरी उपरीक्षक भीम ढकाल, मोरङ ससस्त्रका प्रमुख भेषबहादुर शाहलगायत उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका उप–कुलपति प्रा.डा. घनश्यामलाल दासले मेरिल्याण्ड कलेजले शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रसंशा गरेका थिए । कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर