AArya
RUMPUM
animated ellipse animated ellipse

मजदुर संगठनको अध्यक्षमा बन्जरा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७४, आईतवार १८:४८
3
Shares
विराटनगर, २१ माघ / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर महानगरपालिका संगठनको अध्यक्षमा उत्तमकुमार बन्जरा चयन भएका छन् । सुनसरीको तालतलैयामा आज भएको प्रथम अधिवेशनले बन्जराको अध्यक्षतामा १९ नयाँ कार्य समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा राजु लामा, सचिब कृष्ण घिमिरे, सह–सचिब विरु गुरुङ्ग, कोषाध्यक्षमा भूवन आले मगर चयन भएका छन् । समितिको अन्य सदस्यहरुमा राजन ढकाल, केदार कुटुवाल, डोमी कामत, कुलबहादुर खत्री, जीवन खनाल, मुरारी फुयाल, दिनेश थापामगर, यादव घिमिरे रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को सचिब किशोर धामाले मजदुरहरुको सामाजिक सुरक्षा कोष बढाउनुपर्नेमा जोड दिए । उनले मजदुहरु संगठित नहुदा पछाडी परेको भन्दै आफ्नो हकअधिकारी स्थापित गराउन मजदुरहरु एकजुट हुनेपर्ने बताए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका संस्थापक अध्यक्ष कमल बुढाथोकी,केन्द्रीय सदस्य टिका भट्टराई, सल्लाकार राम मान्धर, केन्दीय सचिब तथा एक नम्बर प्रदेश इन्चाज देवि भट्टराईलगायले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर