AArya
RUMPUM
animated ellipse animated ellipse

बुटवलका जनप्रतिनिधिले गरे विराटनगरमा अनुभव आदानप्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७४, आईतवार १६:३०
3
Shares
विराटनगर २१ माघ /बुटवल उपमहानगरपालिकाका वडाध्यक्ष र कर्मचारी सहितको १३ सदस्यिय टोलीले आइतवार विराटनगर महानगरपालिका मेयर ,उपमेयर र प्रमुख प्रशासकिय अधिकृत र वडाअध्यक्षहरुसंग भेटघाट तथा छलफल गरेका छन् ।

बुटवलका जनप्रतिनिधिहरुले विराटनगर महानगरपालिमा भइरहेका गतिविधि र विकासका विषयलाई लिएर आफ्ना अनुभव तथा योजनाहरु आदानप्रदान गरेका थिए ।

बुटवलवाट आएका वडाध्यक्ष हिम गिरीले भने चर्चित शहरहरुमा कस्तो विकास भइरहेको छ र योजनाहरु कस्ता बनेका छन् भनेर जान्न आएको वताए । उनले विराटनगरसंग अनुभव आदानप्रदान गरेर सिक्ने र राम्रा कुराहरु कार्यान्वयनमा ल्याउन सक्ने बताए । यस्तै विराटनगर महानगरका मेयर भिम पराजुलीले देशका विभिन्न स्थानीय निकायमा भएका गतिविधिहरु नजिकवाट नियालेर अनुभव आदाप्रदान गर्न सकिने बताए । राम्राकुराहरुलाई कार्यान्वयनमा ल्याएर स्थानीय निकायमा अमनचयन कायम राख्न बुटवलले गरेको भ्रमणको मेयर पराजुलीले प्रंशसा गर्नु भएको थियो ।

कार्यक्रममा विराटनगर महानगरका उपमेयर ,प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला ,बुटवल उपमहानगर अधिकृत विजयदेव भुर्तेल लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर