पूर्वाञ्चल खबर
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
क्षेत्रीय कृषि निर्देशनालयको भवनमा मुख्यमन्त्रीको कार्यालय रहनेछ । विराटनगर–१२ स्थित रोडशेषमा रहेको उक्त भवन तीन तले छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले २३ वटा काम गर्नेछ भने २१ जना कर्मचारी रहनेछन् ।
आन्तरिक मामला तथा कानून मन्त्रालय

आर्थिक मामला तथा योजना मन्त्रालय

भौतिक पूर्वाधार तथा विकास मन्त्रलाय
भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सुनसरी मोरङ सिंचाई आयोजनाको कार्यालयमा रहने भएको छ । विराटनगर–१२ मा रहको उक्त कार्यालयको भवन २ तले छ । यो मन्त्रालयले २२ वटा काम गर्नेछ भने २४ जना कर्मचारी रहनेछन् ।
सामाजिक विकास मन्त्रालय

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
क्षेत्रीय वन निर्देशनालयको कार्यालयमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय रहने भएको छ । तुलनात्मक रुपमा अन्य मन्त्रालयभन्दा बढी काम हुने यो मन्त्रालयले ६२ वटा काम गर्नेछ र २९ जना कर्मचारी रहनेछन् । विराटनगर–४ मा रहेको यो भवन २ तले रहेको छ ।
भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय
हाल प्रदेश प्रमुखको कार्यालय रहेको क्षेत्रीय पशु सेवा निर्देशनालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहने भएको छ । विराटनगर–१० सोमबारे हाटमा रहेको यो मन्त्रालयको भवन २ तले रहेको छ । ३२ काम गर्न यो मन्त्रालयमा २९ जना कर्मचारी रहने छन् ।
प्रदेशसभा सचिवालय

प्रदेश प्रमुखको कार्यालय

मन्त्रालयको टुंगो लगाएसँगै आइतबार केही मन्त्रालयको बोर्ड राखिने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा बोर्ड राखिसकिएको छ भने प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, आन्तरिक मामला तथा कानून मन्त्रालयको बोर्ड आइतबार राखिने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । मन्त्रालय राखिने ती भवनको रंगरोगन, मर्मत सम्भार तथा प्राविधिक व्यवस्थापनको काम धमाधम भइरहेको छ । जनविद्रोहबाट